चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ ।

पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५.३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आवश्यकता अनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा १३६.३३ लिटर उपलब्ध भएको हो ।

कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११.५३ किलो, अण्डा ४१३ वटा र माछा १.४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ ।जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कूल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकता भन्दा बढी उत्पादन हो ।

प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अण्डा ४८ वटा र माछा ५ किलो न्यूनतम आवश्यक पर्ने उनले जानकारी दिए । अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५.५३ किलो, अण्डा ४६१ गोटा र माछा ६.४४ किलो उपलब्ध छ ।

यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाईसमेत पूर्ति गर्न सहज हुने उनले बताए । प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दूध ८५ लिटर, मासु १८.१ किलो, अण्डा ५४ वटा, माछा ३.३ किलो रहेको छ ।

राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून उपलब्धता हो । जिल्लामा भने न्यूनतम आवश्यकता भन्दाबढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिए ।

यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन् । जसमध्ये गाईफार्म ३५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फर्म ४५३ वटा, बङ्गुर फार्म ६० वटा, कुखुरा फार्म १ हजार ९०० वटा र माछा फर्म ५०७ वटा दर्ता भई सञ्चालनमा छन् ।

त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै सञ्चालनमा छन् । आर्थिक वर्ष विसं २०७९/८० को तथ्याङ्क अनुसार जिल्लामा दूध ९८ हजार १८३ मेट्रिकटन, मासु १ लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार २१२ वटा उत्पादन भएको थियो ।रासस

यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा बस्ने, ३५ देशका प्रतिनिधि आउने Read Previous

यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा बस्ने, ३५ देशका प्रतिनिधि आउने

५ रुपैयाँको ३५ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक Read Next

५ रुपैयाँको ३५ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक