काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल जारी गरेको छ ।
केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।
यस ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँ मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
