काठमाडौं। निजी क्षेत्रको इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकले जाडो यामलाई लक्षित गर्दै तात्तातो ‘हिटरनेट अफर’ ल्याएको छ।
कम्पनीले यस योजना अन्तर्गत १७ हजार ५ सय रुपैयाँमा ४० एमबीपीएसका वार्षिक ग्राहकलाई सिजी ब्राण्डको ब्लोअर हिटर दिने जनाएको छ।
साथै यो सेवामा एक वर्षको नेट टिभी सेवा निःशुल्क प्रदान गर्ने छ। याेजनाअनुसार १० हजार ४ सय ९० बराबरको ब्लोअर हिटर र नेट टिभीको सुविधा पाउने कम्पनीले जनाएकाे छ।
यो योजना कम्पनीका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्पनीका अरू प्याकेजका ग्राहकहरूले पनि न्यूनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन्।
यो योजना देशभरका सम्पूर्ण शाखाबाट सीमित अवधिका लागि पाइने कम्पनीले जनाएको छ।