ग्लोबल आइएमई बैंकका सीईओ परशुराम कुँवरले गरे पदभार ग्रहण

काठमाडौं । एकीकृत ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवर क्षेत्रीले पदभार ग्रहण गरेको छन् ।

 

गत शुक्रबार (मंसिर २० गते) जनता बैंकलाई गाभि एकीकृत कारोबार शुरु गर्न आयोजित औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पदबहाली गराएका हुन् ।

 

तीन दशक भन्दाबढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ सालअसार १ गते देखि जनता बैंक नेपालको सीईओ थिए । यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

 

वि.सं.२०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर शुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेका थिए ।

 

बैंकले हाल देशभरका ३ सय भन्दा बढी शाखा सञ्जाल, २५९ एटीएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चितवनको पिठुवामा Read Previous

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चितवनको पिठुवामा

राष्ट्र बैंकद्धारा सवा २ अर्बको ट्रेजरी बिल जारी Read Next

राष्ट्र बैंकद्धारा सवा २ अर्बको ट्रेजरी बिल जारी