सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चितवनको पिठुवामा

काठमाडौं । सनराइज बैंकले चितवनको पिठुवामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

 

बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं. १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

 

रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे।

 

सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्टरप्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे। उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।

 

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने Read Previous

 डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने

ग्लोबल आइएमई बैंकका सीईओ परशुराम कुँवरले गरे पदभार ग्रहण Read Next

ग्लोबल आइएमई बैंकका सीईओ परशुराम कुँवरले गरे पदभार ग्रहण