५० लाखसम्मको सेयर कर्जाको जोखिमभार घट्यो, १२ करोडको सीमा यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति कार्यान्वयन गर्न सकुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारेको हो ।

यसअघि सेयर धितोको २५ लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा त्यसलाई संशोधन गरेर रू ५० लाखभन्दा माथिको सेयर धितोमा १५० प्रतिशत जोखिम भार रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, यसअघि रू २५ लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतसम्म जोखिम भार गणना हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर रू ५० लाखसम्मको शेयर धितो कर्जामा १०० प्रतिशतसम्म जोखिम भार गणना गर्ने व्यवस्था गरिएको हो ।

५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत राखेको छ । यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा पनि कुनै फरबदल गरेको छैन । एक व्यक्तिले एउटै बैंक वा समग्र बैंकिङ प्रणालीबाट अधिकतम १२ करोडसम्म सेयर कर्जा पाउने व्यवस्था यथावत राखेका छ ।

२५ लाखसम्मको सवारी कर्जाको जोखिमभार घट्यो Read Previous

२५ लाखसम्मको सवारी कर्जाको जोखिमभार घट्यो

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण Read Next

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण