मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भएर शीतल निवास पुगेको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।

प्रतिनिधिसभाले ३१ असारमा पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाबाट साउन १० गते सर्वसम्मत पारित भएको थियो ।

५० लाखसम्मको सेयर कर्जाको जोखिमभार घट्यो, १२ करोडको सीमा यथावत Read Previous

५० लाखसम्मको सेयर कर्जाको जोखिमभार घट्यो, १२ करोडको सीमा यथावत

निर्माण सम्पन्न नहुँदै भत्कियो चाबहिल-साँखु सडक, मर्मत गर्न ३ दिने अल्टिमेटम Read Next

निर्माण सम्पन्न नहुँदै भत्कियो चाबहिल-साँखु सडक, मर्मत गर्न ३ दिने अल्टिमेटम