अब २५ लाख बढी ऋण लिन प्यान कार्ड अनिवार्य

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान)कार्ड चाहिने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ५० लाख रुपैयँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य थियो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी रु. २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

 

क्लासिक टेकले मनायो १४ औं वार्षिकोत्सव, इन्टरनेट प्याकेजमा छुट Read Previous

क्लासिक टेकले मनायो १४ औं वार्षिकोत्सव, इन्टरनेट प्याकेजमा छुट

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकद्धारा सर्कुलर जारी, यस्ता छन् मुख्य व्यवस्था Read Next

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकद्धारा सर्कुलर जारी, यस्ता छन् मुख्य व्यवस्था