२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार (कात्तिक २६ गते) २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

 

राष्ट्र बैंकले दुई फरक–फरक अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको १० करोड र १८२ दिनको २ अर्बबराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

सो बिलको बोलकबोल भने सोमबार (कात्तिक २५ गते) हुनेछ । बिल खरिदका लागि सोमबार मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ ।बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागित हुन सक्नेछन् ।

 

९१ दिनको बिल २०७६ माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने बिल २०७७ बैशाख ३० गते परिपक्व हुने केन्द्रिय बैंकले बताएको छ ।

 

यस अघि कात्तिक १८ गते केन्द्रिय बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

मेगा बैंकले पायो 'बैंक अफ दी एयर २०१९' अवार्ड Read Previous

मेगा बैंकले पायो 'बैंक अफ दी एयर २०१९' अवार्ड

यी हुन् अत्याधीक मुद्रास्फितिको चपेटामा फसेका १० देशहरु Read Next

यी हुन् अत्याधीक मुद्रास्फितिको चपेटामा फसेका १० देशहरु