काठमाडौं । मेगा बैंक नेपालले ‘बैंक अफ दी एयर २०१९’ अवार्ड पाएको छ । शनिवार लन्डनमा आयोजित कार्यक्रममा ‘दी बैंकर्स म्यागजिन’ले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकको हाल १० अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले हाल देशभरका १०२ वटा शाखा, १९ वटा एक्स्टेन्सन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा र २५ सयभन्दा बढी मेगा रेमीट एजेण्टमार्फत ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिँदै आएको छ ।