
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बाग्लुङको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुरको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङको जैमीनी नगरपालिका वडा नं. ८, अर्के छिस्तीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यस्तै बैंकले म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १, बेगखोला, मकवानपुरको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउँपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।
यी १० वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
बैंकले देशभरका १४९ वटा शाखा, ३० वटा एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर, १५० एटिएम तथा १९४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।