सुनको भाउ ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको

काठमाडौं । तिहारपछि लगातार घटिरहेको सुनको भाउ आइतबार ह्वात्तै बढेको छ। आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

कार्तिक २२ गते शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।आइतबार तेजावी सुन पनि तोलामा १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

सुन सँगै आइतबार चाँदीको भाउमा समेत वृद्धि भएको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८३५ रुपैयाँमा खरीद बिक्री भएको थियो।

३ महिना भित्रै जयनगर-जनकपुर रेल गुड्ने Read Previous

३ महिना भित्रै जयनगर-जनकपुर रेल गुड्ने

ग्लोबल आइएमई बैंकका १० शाखारहित बैंकिङ्ग सेवा संचालनमा Read Next

ग्लोबल आइएमई बैंकका १० शाखारहित बैंकिङ्ग सेवा संचालनमा