मुद्रास्फितिको दरले व्यक्तिको वित्तीय अवस्थामा ठूलो प्रभाव पार्छ । त्यसले उनीहरुको विभिन्न तिरोतारो र बचतमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । हामीले खरिद वस्तु र सेवा खरिद गर्दा गर्ने खर्चमा आउने परिर्वतनको आधारमा सरकार र व्यवसायहरुले अर्थतन्त्रको ‘तापक्रम’ मापन गर्ने गर्दछन् ।
सामान्यतः न्यून र अनुमानित दायर भित्रको मुद्रास्फितिलाई राम्रो मानिन्छ । अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वव्यापी मुद्रास्फिति ३.६ प्रतिशत रहेको छ ।
मुद्रास्फिति उच्च भएमा वा तीव्र उतारचढाव भएमा व्यवसायहरुको लागि वस्तु वा सेवाको मूल्य तोक्न वा उपभोक्तालाई पनि आफ्नो खर्चको व्यवस्थापन गर्न कठिन हुन्छ ।
यस्तै अत्याधिक कठिनाईमा विश्वका केही देशहरु रहेका छन् । राजनीतिक र आर्थिक अस्थिरताका कारण भेनेजुयला, जिम्बाब्वे, दक्षिणी सुडान जस्ता देशहरुमा अत्याधिक उच्च मुद्रास्फिति रहेको छ ।

विश्वकै उच्च मुद्रास्फिति भेनेजुयलामा रहेको छ । त्यहाँ ३ लाख प्रतिशत मुद्रास्फिति रहेको अनुमान छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँ मुद्रास्फिति अझ बढेर १० लाख प्रतिशत पुग्ने अनुमान गरेको छ ।
राजनीतिक र आर्थिक उतारचढावको कारण ४० लाख मानिसहरुले भेनेजुयला छाडिसकेका छन् । अर्थतन्त्र सन् २०१३ को भन्दा आधा आकारको भइसकेको छ ।
सूचिको दोस्रो स्थानमा जिम्बाब्वे रहेको छ । त्यहाँको मुद्रास्फितिको दर १ सय ७५ प्रतिशत रहेको छ । वस्तु र सेवाको मूल्य अत्याधिक बढ्नुको साथै पाउरोटी, इन्धन, औषधी जस्ता दैनिक उपभोग्य वस्तुहहरुको चरम अभाव छ ।
सन् २०१७ मा राष्ट्रपति भएका इमर्सन म्याननग्याग्वाले स्थिरताको वाचा गरेका थिए तर, उनको वाचाले मूर्त रुप लिएको छैन । यसैगरी उच्च मुद्रास्फिति रहेको देशहरुको सूचीमा दक्षिणी सुडान, अर्जेन्टिना, इरान, सुडान, लिबेरिया, हाइटी, सेरालियोन र एन्गोला रहेका छन् । एजेन्सीको सहयोगमा