काठमाडौं । चक्रपथमा गुडाउने मानो रेलको विस्तृत परियोजना अध्ययन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालीकाले दिएको जानकारी अनुसार मोनो रेलको डीपीआर अन्तिम चरणमा पुगेको हो ।
महानगरका प्रवक्ता इश्वर मान डंगोलले मोनो रेलको डीपीआर अन्तिम चरणमा रहेको जानकारी दिए । उनले मोनो रेलको डीपीआर केही समयमै आउने बताएका हुन् । ‘मोनो रेलको डीपीआर अन्तिम चरणमा छ, अब चाँडै आउनेछ,’ डंगोलले चाणक्य पोष्टसँग भने ।
२८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीसँग सम्झौता भएको थियो ।चक्रपथमा मोनोरेल चलाउन करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरि सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ ।सम्भाव्यता अध्ययनका अनुसार चक्रपथमा गुडाइने सो रेलले दैनिक एक देखि डेढ लाख यात्रुलाई सेवा दिने छ ।
तीन वटा डिम्बासहितको मोनोरेलले प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने अनुमान गरिएको छ । मोनो रेलले १४ वटा स्टेशनबाट यात्रुलाई सेवा दिनेछ ।
मेट्रो रेलको डीपीआरका लागि परामर्शदाता छनोट हुँदै
उपत्यकामा मेट्रो रेल गुडाउनलाई रेल विभागले डीपीआर तयार गर्न परामर्शदाता छनोटको प्रकृया अघि बढाइ सकेको छ ।
रेल विभागले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म पलिहो चरणमा मेट्रो रेल गुडान डीपीआर तयारी गर्न लागेको छ ।
साथै कीर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्ट–कोटेश्वर–चाबहिल–स्वयम्भूनाथ–कोटेश्वर–डिल्लीबजार, बौद्ध–धोबी घाट–सिहंदरबार–नक्साल–गोगंबुसम्म मेट्रो रेल गुडाउने योजना बनाइएको छ । मेट्रो रेल बनाउँदा कूल ५७ आधुनिक स्टेशन बन्ने छन् ।
यो रेल्वे २० घण्टा सञ्चालन गर्ने योजना सरकारको छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक १ लाख १९ हजारभन्दा बढी यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको छ ।
सार्वजनिक–निजी साझेदारी (बूट) मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) १ वर्षसम्ममा तयार हुनेछ । त्यसपछि ५ वर्ष भित्र निर्माण सक्ने योजना विभागको छ ।
रेल विभागका अनुसार मोनो रेल नेपालका लागि महंगो रहेको छ । रेल विभाग भने मोनोरेल गुडाउन नहुने धारणा राख्दछ । विभागमेट्रो रेलको तुलनामा मोनो रेलले धेरै यात्रुलाई सेवा दिन नसक्ने विभागले जनाएको छ ।विभाग श्रोतका अनुसार मोनो रेल गुडाउनु भनेको २ वटा बस गुडाउनु बराबर हो ।
यस्तै उपत्यकाको सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मका लागि मेट्रोलाइनको डीपीआर तयार गर्न परामर्शदाता छनोटको प्रकृया अघि बढेको छ ।