काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको बजार आज पनि उही लय समातेको छ ।
साताको पहिलो दिन आज सूचक झिनो अंकले घटेको छ । दशैं पछिका दिनहरुमा औसतमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा आज सवा २९ लाखभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ०.१८ अंकले घटेर ११३१.८० विन्दुमा आइपुगेको छ । आज १६३ कम्पनीको २९ करोड ३१ लाख ४९ हजार ४४ रुपैयाँको कारोबार भएको छ । १० लाख ८ हजार ८०९ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमा ५ वटा समूहको सूचक उकालो लागेका छन् भने बाँकीसबै समूहको सूचक ओरालो लागेका छन् ।
आज उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ९.६७ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभ्न्दा धेरै ३९.३७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ७४ लाख ३१ हजार ७१९ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा प्रभु बैंक र नेपाल बैंकको साधरण सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।प्रभुको २ करोड ७५ लाख र नेपालको २ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको सेयर मूल्यसबैधन्दा धेरै ४.४६ प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.८० प्रतिशतले घटेको छ ।