भृकुटीमण्डपमा ‘विन्टर फुटवेयर विजनेस एक्स्पो’ शुरु, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । गत बिहीबारदेखि भृकुटीमण्डपमा ‘विन्टर फुटवेयर विजनेस एक्स्पो सुरु भएको छ।

 

यो एक्स्पो नेपालका जुत्ताचप्पल उत्पादकको तीन उद्योगको सहकार्यमा सुरु भएको हो। एक्स्पोको उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाश ढुंगेलले गरे।

 

कार्यक्रममा मन्त्री ढुंगेलले वर्तमान समयमा ६० प्रतिशत नेपाली जुत्तामा आत्मनिर्भर भएकोमा अर्को वर्ष ८० प्रतिशत नेपाली जुत्तामा आत्मनिर्भर हुने अपेक्षा राखेको बताए। नेपाली जुत्ता अझै गुणस्तर बनाउनुपर्ने भन्दै उनले नीजी क्षेत्रको सहयोगमा सरकार प्रतिवद्ध रहने दाबी गरे।

 

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल राखिएको छ।शिखर सुजका अध्यक्ष तथा प्रवन्ध निर्देशक एव् मेलाका सभापती रामकृष्ण प्रसाइले उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व हुने बताए।

 

मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइने अध्यक्ष प्रसाइले जानकारी दिए।मेला सीमित अवधिका लागि लगाइने आयोजकको भनाई छ ।

 

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिकाजुत्ता उपलब्ध छन् भने एक हजारभन्दा बढी किसिमका जुत्ताचप्पल राखिएको छ।

सेयर बजारमा झिनो अंकको गिरावट Read Previous

सेयर बजारमा झिनो अंकको गिरावट

सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा Read Next

सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा