सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको कमलादीमा नयाँ शाखा संचालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ८५ पुगेको छ ।

 

उक्त शाखाको आइतबार उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो।

 

यस शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो लिन सकिने बैंकले जनाएको छ ।

 

बैंकले देशभर रहेका ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

भृकुटीमण्डपमा 'विन्टर फुटवेयर विजनेस एक्स्पो' शुरु, ७० प्रतिशतसम्म छुट पाइने Read Previous

भृकुटीमण्डपमा 'विन्टर फुटवेयर विजनेस एक्स्पो' शुरु, ७० प्रतिशतसम्म छुट पाइने

महासंघको आगामी अध्यक्ष शेखर गोल्छा पक्का, विशेष साधारण सभा नगर्ने प्रस्ताव स्थायी समितिबाट पास Read Next

महासंघको आगामी अध्यक्ष शेखर गोल्छा पक्का, विशेष साधारण सभा नगर्ने प्रस्ताव स्थायी समितिबाट पास