महासंघको आगामी अध्यक्ष शेखर गोल्छा पक्का, विशेष साधारण सभा नगर्ने प्रस्ताव स्थायी समितिबाट पास

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा नगर्ने विधान संसोधन समितिको निर्णयलाई स्थायी समिति बैंठकले अनुमोदन गरेको छ । यसअघि गत शुक्रबार विधान संसोधन समितिको बैंठकले विशेषसाधारण सभा नगर्ने निर्णय गरेको थियो ।

 

आजको स्थायी समिति बैंठकले विशेष साधारणसभा नगर्ने निर्णय गरेको छ । अब महासंघको नियमित साधारण सभा आगामी चैतमा हुनेछ । विधान संसोधनको मुद्दा किनारा लागेसँगै चैतपछि शेखर गोल्छा स्वत महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।

 

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्न पाउने वा नपाउनेदेखि प्रदेशसंघको कार्याधिकार, कार्यकारीणी समितिको पदावधीलगायत ३८ बुँदामा संसोधन हुने भनिएपनि निवर्तमान अध्यक्ष पशुपति मुरारकाले विधान संसोधन समितिले प्रक्रिया नपुर्याई विधान संसोधनको काम अगाडि बढाएको भन्दै फरकमत राखेका थिए ।

 

उनकै फरकमतमा टेकेर अध्यक्ष भवानी राणालगायत टिमले विशेषसाधारण सभा स्थगन गर्ने र महासंघलाई मिलाएर अगाडि लाने विषयमा छलफल अगाडि बढाएका थिए ।

सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा Read Previous

सिटिजन्स बैंकको नयाँ शाखा कमलादीमा

चोभारको अत्याधुनिक फलफूल बजार निर्माण पूरा नहुँदै कालीमाटीलाई दिने तयारी Read Next

चोभारको अत्याधुनिक फलफूल बजार निर्माण पूरा नहुँदै कालीमाटीलाई दिने तयारी