चन्द्रागिरि केबलकारको टिकट २०० रुपैयाँमै !

काठमाडौं । चन्द्रागिरि हिल्सले ‘इभिनिङ केबलकार अफर’ ल्याएको छ । कम्पनीले चन्द्रागिरि घुम्न जाने पर्यटकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यस अफर अनुसार अब चन्दगिरि केबलकारको टिकट २०० रुपैयाँमा पाइने भएको छ । हरेक शुक्रबार बेलुका ५ बजेदेखि ९ बजेसम्म केबलकारको टिकट २०० रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

अरु बेला भने केबलकारको टिकटको नियमित नै रहने कम्पनीले बताएको छ । हाल चन्द्रागिरि केबलकारको एकतर्फी टिकट मूल्य ४७५ रुपैयाँ र दुईतर्फीको ७९९ रुपैयाँ रहेको छ ।

कम्पनीले चाडपर्व तथा विशेष दिनहरुमा विभिन्न अझर ल्याउँदै आएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरिमा लक्जरी रिसोर्ट, केबलकारसहित विभिन्न पर्यटकीय सेवा संचालन गर्दै आएको छ ।

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो Read Previous

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

सिभिललाई गाभेर हिमालयनले सुरू गर्‍यो एकीकृत कारोबार, यत्रो बन्यो बैंक Read Next

सिभिललाई गाभेर हिमालयनले सुरू गर्‍यो एकीकृत कारोबार, यत्रो बन्यो बैंक