हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौं । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई १ हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार ६०० मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।

राष्ट्र बैंकको 'आँखा लाग्ने' गरी लघुवित्तले अचाक्ली लाभांश बाँडेका हुन् ? यस्तो छ तथ्य Read Previous

राष्ट्र बैंकको 'आँखा लाग्ने' गरी लघुवित्तले अचाक्ली लाभांश बाँडेका हुन् ? यस्तो छ तथ्य

चन्द्रागिरि केबलकारको टिकट २०० रुपैयाँमै ! Read Next

चन्द्रागिरि केबलकारको टिकट २०० रुपैयाँमै !