सिभिललाई गाभेर हिमालयनले सुरू गर्‍यो एकीकृत कारोबार, यत्रो बन्यो बैंक

काठमाडौं । सिभिल बैंकलाई गाभेर हिमालयन बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

गत असार २९ गते मजर्रको मर्जरको प्रारम्भिक सम्झौता गरेका दुई बैंकले ८ महिनापछि एकीक्कृत कारोबार सुरु गरेका हुन् ।यससँगै वाणिज्य बैंकको संख्या २१ वटामा झरेको छ ।

सम्झौता अनुसार हिमालयन बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । हिमालयनले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा गाभेको हो ।

हिमालयन प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाएका छन् । त्यस्तै, संचालक समितिमा सबै साविकको हिमालयन बैंककै रहेका छन् ।

मर्जरपछि बनेको नयाँ हिमालयन बैंकको चुक्ता पूँजी साढे २१ अर्ब पुगेको छ भने कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो। शाखा सञ्जाल १८९ वटा पुगेको छ ।

 

चन्द्रागिरि केबलकारको टिकट २०० रुपैयाँमै ! Read Previous

चन्द्रागिरि केबलकारको टिकट २०० रुपैयाँमै !

मुग्लिन-पोखरा सडक विस्तार : बिजुलीका खम्बा नसार्दा काम सुस्त, भौतिक प्रगति १०% मात्र Read Next

मुग्लिन-पोखरा सडक विस्तार : बिजुलीका खम्बा नसार्दा काम सुस्त, भौतिक प्रगति १०% मात्र