काठमाडौं । मौद्रिक नीतिको तयारीमा जुटेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई छलपलमा बोलाई मर्जर गर्ने प्रतिवद्धता पेश गर्न निर्देशन दिएका छन् ।
असार १२ गते बिहीबार छलफलका लागि बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले आगामी असार २७ गते मौद्रिक नीति ल्याउने तयारी रहेको सुनाउँदै गर्भनर नेपालले त्यसअघि नै मर्जरको प्रस्ताव ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका हुन् ।