काठमाडौं महानगरमा कत्रो घर हुनेले कति कर तिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घर तथा जग्गा हुनेले महानगरलाई भुक्तानी गर्नुपर्ने सम्पत्ति करको दर सार्वजनिक गरेको छ । महानगरको पाँचौ‌ नगरसभामा नयाँ आर्थिक वर्षको बजेट तथा राजश्व र आर्थिक विधेयकमा नयाँ दर प्रस्ताव गरिएको छ । महानगर नगरसभाले प्रस्ताव गरेको उक्त आर्थिक विधेयक पारित भएसँगै लागु हुनेछ ।

 

महानगरले प्रस्ताव गरेको सम्पत्ति करमा जग्गाको मूल्याङ्कन अनुसार कर लाग्ने र मूल्याङ्कन ठाउँअनुसार फरक–फरक हुने व्यवस्था गरेको हो ।

 

महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र प्रतिआना अधिकतम ५० लाख रुपैंयासम्म मूल्य तोकेको छ । घरको सवालमा बनोटअनुसार भवनको मूल्य प्रतिवर्गफिटलाई आधार बनाएर तोकिने उल्लेख छ । साथै, महानगरले घरको ह्रासकट्टी गर्ने व्यवस्था समेत गरेको छ ।

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट Read Previous

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट

गर्भनरले बैंकका अध्यक्ष र सीइओलाई भने मर्जरको ठोस प्रस्ताव ल्याउनुस् Read Next

गर्भनरले बैंकका अध्यक्ष र सीइओलाई भने मर्जरको ठोस प्रस्ताव ल्याउनुस्