ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट बजारमा ल्याएको छ । लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँचीले ग्राहकको मागलाई मध्यनजर गर्दै पीपीसी सिमेन्ट ल्याइएको जनाएको छ ।

 

उद्योगले विश्वमा प्रचलित अत्याधुनिक मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टका प्रवन्ध निर्देशक पशुपति मुरारकाले बताए ।

 

आफ्नै खानीको चुनढुंगाको प्रयोग गरी क्लिंकर बनाइने भएकाले अर्घाखाँची सिमेन्टको उत्पादनको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।
एउटै फयाक्ट्रीभित्र २ वटा छुट्टा छुट्टै प्रोडक्सन लाइनमार्फत् ओपीसी र पीपीसी उत्पादन गर्ने संभवत नेपालकै पहिलो कम्पनी भएको मुरारकाले बताए ।

 

‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं,’ मुरारकाले भने, ‘जसकारण हाम्रो उत्पादनप्रति उपभोक्ताको अटुट विश्वास छ ।’

आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र Read Previous

आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र

काठमाडौं महानगरमा कत्रो घर हुनेले कति कर तिर्ने Read Next

काठमाडौं महानगरमा कत्रो घर हुनेले कति कर तिर्ने