काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको हो।
नयाँ व्यवस्था अनुसार अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनी र अरू निकायहरूलाई यस्तो निर्देशन जारी गरिएको हो ।
अब विदेशी मुद्रा विक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा प्रदान गर्न सक्नेछन् ।
