काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भुषण गुरागाईंले हस्ताक्षर गरे ।
सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १०० रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।