काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार नेप्सेमा आइएमइ जनरल इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को बोनस सेयर सूचीकृत भएको हो ।
आइएमई जनरलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ७ प्रतिशत अर्थात् ८ लाख १० हजार ३१०.२० कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।
त्यसैगरी, एचआइडीसीएलको ८ प्रशित अर्थात् १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।