काठमाडौं । सेयर बजारमा लगातार १३५ अंकको वृद्धि भएको छ । गत असार २९ गतेदेखि उकालो लागेको नेप्सेमा लगातार आठौं दिनसम्म वृद्धि भएको हो ।
बुधबार सेयर बजार मापक सूचक नेप्से ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा पुगेको छ । यसदिन २१५ कम्पनीको १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटाको घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.५९ प्रतिशत घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालय डिष्ट्रिलरी ७ करोड र आइसीएफसी फाइनान्स ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले सबैभ्न्दा धेरै ५.६९ प्रतिशत कमाएका छन् । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स ३.७८, गोर्खाज फाइनान्स ३.४७, जानकी फाइनान्स ३.३६, आइसीएफसी फाइनान्स ३.१२, पोखरा फाइनान्स, लिबर्टी इनर्जी, तेह्रथुम पावर र वीनन नेपाल लघुवित्तका सेयरधनीले साढे २ प्रतिशत कमाएका छन् ।