राष्ट्र बैंकका सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

बिहीबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

 

मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् ।

 

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गगरेका छन् ।

गत वर्ष लाभांश दिएका यी २७ लघुवित्तले गरे बोनस सेयर सूचीकृत Read Previous

गत वर्ष लाभांश दिएका यी २७ लघुवित्तले गरे बोनस सेयर सूचीकृत

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित, कति मत ल्याए ? Read Next

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित, कति मत ल्याए ?