काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित, कति मत ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणाम अनुसार साहले ६१ हजार ७६७ मत ल्याउँदै महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

 

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई २३ हजारर ४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिंहले ३८ हजार ३४१ मत ल्याइन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

 

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

राष्ट्र बैंकका सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण Read Previous

राष्ट्र बैंकका सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

७५१ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Next

७५१ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?