काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा चरणमा पुगेको छ । ७५३ पालिका मध्ये शुक्रबार बिहान ७ः४५ बजेसम्म ७५१ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमा नेपाली कांग्रेसले ३२८ पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०५ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३१ पालिकामा जित हात पारेका छन् ।