बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपी)ओ निष्काशन गर्ने भएको छ।

 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

 

निष्काशन हुने कुल सेयरमध्ये ६० हजार कित्ता (४ प्रतिशत) सेयर कर्मचारी र ७५ हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

 

कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ ८.८ मेगावाट र रुदी ‘बी’ ६.६ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ ।

७५१ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Previous

७५१ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आइपीओ निष्काशन गर्ने