काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश दिएकामध्ये अहिलेसम्म झन्डै आधा लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत ५४ वटा (हालै सूचीकृत भएका समेत)लघुवित्त मध्ये ४६ वटाले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका थिए । सोमध्ये ४४ वटाले साधरण सभाका लागि बुकक्लोज गरी अधिकांशले लाभांश पारित समेत गरिसकेका छन् । वीन नेपाल र किसान लघुवित्तको भने साधरण सभाका लागि बुक्लोज हुन बाँकी छ ।
सभाबाट लाभांश पारित गरेकामध्ये हाल (जेठ १२ गतेसम्म) २७ लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेको छ भने १७ वटाको सूचीकृत हुन बाँकी छ ।
लाभांश दिएका ४६ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले दिएको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७०.६८ प्रतिशत लाभांश दिएको छ ।
यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।
यी हुन् गत वर्षको बोनस सूचीकृत गर्ने लघुवित्तहरू
हालसम्म गत वर्षको नाफाबाट बोनस सेयर दिएकामध्ये २६ वटा लघुवित्तले नेप्सेमा सो सेयर सूचीकृत गरेका छन् । जसमा महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, छिमेक लघुवित्त, उन्नति सहकार्य र इन्फिनिटी लघुवित्त रहेका छन् ।
त्यसैगरी, ग्लोबल आइएमई, लक्ष्मी, साधना, साना किसान, आशा, आरएमडीसी, स्वरोजगार, विजया, मेरो माइक्रोफाइनान्स, सिभिल, गणपति, वोमी, गुराँस, मनकामना स्मार्ट, कालिका, फर्स्ट माइक्रोफाइनान्स, महुली लघुवित्त, समता घरेलु र आरएसडीसी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।