काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
बिहीबार नेप्सेमा लघुवित्तको साधरणतर्फको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकतर्फको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख ५६ हजार २५० कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै शुक्रबारदेखि लघुवित्तको सेयर कारोबार हुनेछ। यद्यपि, प्रिसेसनमा कारोबार हुन नसके भोलि कारोबारमा आउने छैन ।
नेप्सले लघुवित्तको सेयरको पहिलो कारोबारका लागि नेप्सेले ४०३.९१ रुपैयाँदेखि १२११.७३ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ। यही बीचमा रहेर पहिलो कारोबार हुनेछ । नेप्सेले लघुवित्तको सेयरलाई ULBSL कारोबार संकेत प्रदान गरेको छ।