काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश जारी गरेको हो ।
२ वर्षअघि वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले दायर गरेको रिटमा फैसला गर्दै अदालतले उक्त विमानस्थलको विकल्प खोज्न भनेको हो ।
योसँगै नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण आयोजना मानिएको बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो बन्द भएको छ ।