घर, गोठको क्षतिपूर्ति लिन आउन नागढुंगा सुरुङमार्गको अनुरोध

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले क्षतिपूर्ति लिन आउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले एक सूचना जारी गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्तिका लागि सम्पर्क गर्न अनुरोध गरेको हो ।

 

आयोजनाको कार्य क्षेत्रको धुनिबेंशी नगरपालिका वडा नम्बर ९ स्थित खात्रीपौवा पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुको घर, गोठ, शौचालय तथा टहरा जस्ता संरचनाहरु थान १२ क्षतिग्रसत भई प्रयोग हुन नसक्ने अवस्था भएको छ ।

 

सोही स्थानका ६ जना व्यक्तिहरुको कृषि बाली नष्ट हुन पुगेको तथा ३ जना व्यक्तिहरुको बन पैदावर तथा नगदेबाली क्षति भएको सम्बन्धमा जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मिति २०७९ वैशाख १५ को निर्णयबाट क्षतिपूर्ति रकम निर्धारण भई सो वापतको रकम यस आयोजना कार्यालयबाट वितरण गर्ने समेत निर्णय भइ आएको हो ।

 

प्रकाशित सूचना अनिुसार घर, टहरा संरचनामा क्षति पुगेका जयराम तामाङ, कुमार तामाङ, मोहन तामाङ र राजकुमार तामाङ रहेका छन् ।कृषिबाली क्षतिमा परेका बलबादुर तामाङ, कुमार तामाङ र सबिन तामाङ, मोहन तामाङ, कुमार तामाङ, इन्द्र कुमार तामाङ, जेठी तामाङ रहेका छन् ।

 

वन पैदावर तथा नगदेबाली क्षति पुगेका गोविन्द्र बहादुर गुरुङ लामा, सुनबिर तामाङ र अकल बहादुर तामाङलाई क्षतिपूर्ति लिन आउन सूचना जारी गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ढुवानी सेवा बन्द Read Previous

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ढुवानी सेवा बन्द

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश Read Next

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश