 
			काठमाडौं । जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने भएका छन् ।
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्ब्याएको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म खुल्ने छन् ।
यसैगरी दशैं, तिहारको सार्वजानिक विदाबाहेक अन्य विदा दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने छ।
यस्तै, सेवाग्राहीले एकै दिनमा सम्पन्न हुनै एकै सेवाको लागि थप अर्को साता कार्यलय आउनुपर्ने अवस्था सृजना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, राष्ट्र बैंकले हप्तामा २ दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएको कार्यहरुको सूची दैनिक तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनको लागि अभिलेख राख्न निर्देशन दिएको छ।

 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                