बढ्दै रेमिट्यान्स, एक महिनामा भित्रियो साढे ९३ अर्ब

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । फागुनको तुलनामा चैतमा साढे २ अर्ब बढी रेमिट्यान्स भित्रिएको हो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा ९१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

 

नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालु आवको चैत सम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा भने ०.६ प्रतिशतले घटेको छ ।

 

चालु आवको चैतसम्म कुल ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले कमी आई ६अर्ब ५ करोड कायम भएको छ ।

 

चैतसम्म अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने Read Previous

अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने

डलर संचितिमा सुधार, ३ करोड डलर थपियो Read Next

डलर संचितिमा सुधार, ३ करोड डलर थपियो