 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)का लागि एकीकृत निर्देशन २०७८ जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार निफ्रालाई एकीकृत निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले यसअघि पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन २०७५ र त्यसपछि २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु समावेश गरी एकीकृत निर्देशन, २०७८ जारी गरेको छ ।
राष्ट्र बैंकद्धारा निफ्राका लागि गारी गरिएको एकीकृत निर्देशनमा १९ विषय रहेका छन् । एकीकृत निर्देशनमा पूँजी तथा पूँजीकोष सम्बन्धी व्यवस्था, लेखा नीति तथा वित्तीय विवरणहरूको ढाँचा सम्बन्धी व्यवस्था, कर्जा तथा सुविधा सम्बन्धी व्यवस्था, एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट तथा सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्था, कारोबारमा निहित जोखिम न्यूनीकरण गर्ने सम्बन्धी व्यवस्था, संस्थागत सुशासन सम्बन्धी व्यवस्था सूपरिवेक्षकीय निर्देशन लागू गर्ने कार्य तालिका सम्बन्धी व्यवस्था समावेश छ ।
त्यस्तै, निर्देशनमा संस्थापक सेयर नामसारी वा खरिद बिक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्था, लगानी सम्बन्धी व्यवस्था तथ्याङ्क विवरण सम्बन्धी व्यवस्था, सहवित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था, अनिवार्य मौज्दात वैधानिक तरलता सम्बन्धी व्यवस्था, शाखा क्षेत्रीय कार्यालय खोल्ने सम्बन्धी व्यवस्था, वित्तीय ग्राहक संरक्षण सम्बन्धी व्यवस्था र विविध व्यवस्था, ब्याजदर सम्बन्धी व्यवस्था, वित्तीय स्रोत संकलन सम्बन्धी व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था समावेश छन् ।
यस्तो छ एकीकृत निर्देशन २०७८ को पूर्णपाठ
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                