काठमाडौं । निजी क्षेत्रका दूध डेरीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने घोषणा गरेका छन् । शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाउने घोषणा गरेका हुन् ।
योसँगै अब निजी डेरीहरुले दूध प्रतिलिटर ८६ रुपैयाँमा विक्री गर्ने भएका छन् । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब ५०० एमएलको एक प्याकेटको खुद्रा विक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।
यसअघि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसीले) दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो । उक्त मूल्य आफूहरुलाई मान्य नहुने एसोसियसन र संघले जनाएका छन् ।