चन्द्रागिरि हिल्सको संचालन आम्दानी ५ गुणाले बढ्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । चन्द्रगिरि हिल्स लिमिटेडको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा आम्दानी उल्लेख्य रुपमा बढेको छ भने नोक्सानी घटेको छ।

 

गत वर्षको तुलनामा चालु आवमा चन्द्रगिरिको सञ्चालन आम्दानी ४०३.२७ प्रतिशत बढेको छ। गत वर्ष पुससम्म ५ करोड १५ लाख संचालन आम्दानी गरेको कम्पनीले चालु आवमा बढेर २५ करोड ९२ लाख रुपयाँ पुगेको छ ।

 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको  कुल आम्दानी ५४४.३९ प्रतिशत बढेको छ । गत वर्ष पुससम्म कुल ३ करोड २९ लाख कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

संचालन र कुल आम्दानीमा उल्लेख्य वृद्धि भएपछि कम्पनीको नोक्सानी घटेको छ । गत पुससम्म १२ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु वर्षको पुससम्म आइपुग्दा १ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा छ ।समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १२३.६६ प्रतिशत बढेर ७ करोड ५ लाख पुगेको छ ।

 

हाल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ४३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 

नोक्सानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा व्यापक सुधार आएको छ । गत वर्ष १८.२६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु वर्षको दोस्रो त्रैमासमा २.२९ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७१.४८ रुपैयाँ छ।

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

हाइड्रोपावर र सोलार मध्ये कुनको निर्माण लागत सस्तो ? Read Next

हाइड्रोपावर र सोलार मध्ये कुनको निर्माण लागत सस्तो ?