हाइड्रोपावर र सोलार मध्ये कुनको निर्माण लागत सस्तो ?

काठमाडौं । नेपालमा वर्षेनी विद्युत् (जलविद्युत् र सोलार)उत्पादन बढ्दो क्रममा छ । सरकारले सन् २०२८ सम्म ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना बनाएसँगै उत्पादन पनि बढ्दो क्रममा रहेको हो ।

 

नेपालमा मुख्यगरी सोलार र जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने गरेको छ । त्यसमा पनि झन्डै ९९ प्रतिशत विद्युत् जलविद्युत् आयोजनाहरुबाट उत्पादन हुने गरेको छ ।

 

सरकारको निर्यात लक्ष्यलाई मध्येनजर गर्दै हाल जलविद्युत् आयोजना निर्माण तीव गतिमा भइरहेको छ । हाल १२० बढी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् भने १०० बढी आयोजना निर्माणको तयारीमा छन् । त्यस्तै, न्यून मात्रमा भए पनि आधादर्जन बढी सोलार परियोजनाहरु पनि निर्माणको चरणमा छन् ।

 

अहिले नेपालका प्रायजसो सबै ठूला खोला नदी प्याक भइसकेका छ । ती खोलानालमध्ये केहीमा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् भने कुनैमा लाइसेन्स लिएर बसेका छन् ।

 

सोलार र हाइड्रोपावरमा कुनको लागत सस्तो ?

 

विद्युत् उत्पादनका लागि हाइड्रोपावरको तुलनामा सोलार आयोजना नै सस्तो हुने जानकारहरु बताउँछन् । निर्माण  लागतका आधारमा सोलार र हाइड्रोपावरमध्ये तुलनात्मक रुपमा सोलार नै सस्तो पर्ने विद्युत् विकास विभागका सिनियर डिभिजन इन्जिनीयर आशिष श्रेष्ठ बताउँछन् ।

 

‘हाइड्रोपावरको तुलनामा निर्माण लागत सोलार नै सस्तो पर्छ, सोलार निर्माण गर्दा सामान ल्याएर जोड्नु मात्र पर्ने भएकाले यो सस्तो पर्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने । निर्माण लागत बढी भए पनि विभिन्न कारण विद्युत् उत्पादनका लागि लगानीकर्ताले जलविद्युत् आयोजना नै रोज्ने गरेको उनको भनाइ छ ।

 

उनका अनुसार नेपालमा हाइड्रोपावर निर्माणमा खोला धेरै प्रयोग हुने भएकाले भविष्यमा खोला नपाउने अवस्था सृजना हुनेछ । उनले सोलार निर्माण जमिन पाए केही सामग्री किनेर जडान गरी राख्नु मात्र पर्ने भएकाले सस्तो पर्ने बताए ।

 

 सोलार

 

सोलार निर्माणका लागि मुख्य स्रोत जमिन मानिन्छ । नेपालको नीति अनुसार सिचाइँमूलक जग्गामा सोलार निर्माण गर्न पाइदैन । सोलार निर्माण गर्दा निर्माण स्थलमा सिचाइँयोग्य जमिन होइन भनेर पत्र आएपछि मात्र सोलार निर्माण गर्न दिइने व्यवस्था रहेको इन्जिनीयर श्रेष्ठलले बताए ।

 

विशेषगरी सोलार निर्माण तराई क्षेत्रमा हुने गर्छ । तराईका अधिकांश जमिन सिचाइँ योग्य हुने गरेको उनले बताए । सोलार निर्माणमा जग्गाको समस्या छँदैछ । सोलार निर्माण लगानीका हिसाबले सस्तो मानिन्छ । जमिन सजिलै पाइएमा सोलारका पाटपुर्जाहरु आयात गरी जडान मात्र गर्नुपर्ने भएकाले हाइड्रोपावरका तुलनामा सोलार निर्माण सजिलो र सस्तो मानिन्छ ।

 

सोलार निर्माण गर्न अध्ययन चाँडै हुन्छ । श्रेष्ठका अनुसार १ मेगावाट विद्युत् उत्पादन गर्न सोलारबाट १६ करोड रुपैयाँका हाराहारीमा मात्र खर्च लाग्छ । जमिनको मूल्य महंगो परे मात्र महंगीन जाने सोलार निर्माण पछिल्लो समय टेक्नोलोजीका कारण १ हेक्टरमा साढे १÷२ मेगावाट विद्युत् उत्पादन हुने उनी बताउछन् । विगतका समयमा एक हेक्टरमा १ मेगावाट विद्युत् मात्र उत्पादन हुन सक्थ्यो ।

 

सोलार निर्माण घाम हुन्जेलसम्मका लागि मात्र हुने भएकाले आवश्यक्ता अनुसार बिहान बेलुका यसको प्रयोग गर्न मिल्दैन । अन्य समयका लागि हाइड्रोपावर नै आवश्यक पर्छ । सोलारबाट उत्पादन हुने ऊर्जा स्टोर गर्न मिल्दैन ।

 

हाइड्रोपावर

 

हाइड्रोपाव निर्माणको स्रोत खोलालाई मानिन्छ । श्रेष्ठका अनुसार पछिल्लो समय हाइड्रोपावर निर्माण बढेसँगै खोलाहरु प्याक भइसकेका छन् । अब आउँदो समयका लागि हाइड्रोपावर निर्माण गर्न खोला अभाव हुने समस्या धेरै देखिने उनी बताउँछन् ।

 

‘हाइड्रोपावर निर्माण धेरै भइरहेकाले अब आउदो समयमा खोलानै नपाउने समस्या हुन सक्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने । हाइड्रोपावर निर्माण गर्न सुरुमा अध्ययनमै २÷३ वर्ष लाग्ने गर्छ । यसले गर्दा समय र स्रोतको खर्च हुन्छ । अध्ययनपछि निर्माणमा ३/४ वर्ष लाग्ने गर्छ ।

 

सोलारको तुलनामा हाइड्रोपावर निर्माणमा लागत बढि हुनेगर्छ । एक मेगावाट विद्युत् उत्पादन गर्न हाइड्रोपावरको खर्च २० करोड रुपैयाँ हाराहारी हुन आउने उनी बताउछन् । ‘२० करोड रुपैयाँभन्दा कम लागत उठ्यो भने राम्रो मानिन्छ,’  उनले भने ।

 

हाइड्रोपावर निर्माणका लागि खर्च महंगो हुनुका कारण जेनेरेटर, टरबाइन, पाइपहरु आयात गर्नु मानिन्छ । निर्माणको १ तिहारई सामग्री आयात गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

 

यस्तै हाइड्रोपावर स्टोरेजको हिसाबले भने निकै उपयोगी मानिन्छ । हाइड्रोपावर निर्माण क्यापासिटि बढी हुन्छ । यसको विद्युत् स्टोर गरेर राखेर पछि आवश्यकता अनुसार उपयोग गर्न मिल्छ । जसले गर्दा नेपालमा हाइड्रोपावर निर्माण निकै प्रचलनमा रहेको पाइन्छ ।

 

भारतमा सोलार र हाइड्रोपावर मिक्स गरेर सञ्चालन गर्ने गरिन्छ । जसले गर्दा ऊर्जाको अभाव हुने गर्दैन र सस्तो पनि पर्ने गरेको उनी बताउँछन् । भारतमा सोलार दिउँसोका लागि प्रयोग गरिन्छ । रातीका लागि हाइड्रोपावर सञ्चालन गर्ने गरिन्छ । जसले गर्दा भारतद्धारा उत्पादित विद्युत् सस्तो पर्न जान्छ । उनले नेपालमा पनि भारतमा जस्तै मिक्स सोलार हाइड्रोपावर उत्पादन गर्न सके विद्युत्  सस्तो पर्ने उनले बताए ।

 

चन्द्रागिरि हिल्सको संचालन आम्दानी ५ गुणाले बढ्यो, यस्तो छ वित्तीय अवस्था Read Previous

चन्द्रागिरि हिल्सको संचालन आम्दानी ५ गुणाले बढ्यो, यस्तो छ वित्तीय अवस्था

१२७ कामदार सङक्रमित भएपछि नागढुङ्गा सुरुङ निर्माण सुस्त, अब ५ महिनामा खनिसक्ने लक्ष्य Read Next

१२७ कामदार सङक्रमित भएपछि नागढुङ्गा सुरुङ निर्माण सुस्त, अब ५ महिनामा खनिसक्ने लक्ष्य