बुटवल पावरले किन्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर

काठमाडौं । बुटवल पावर कम्पनीले मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता सेयर खरिद गरेको छ । बुटवलले मनाङ मर्स्याङ्दीका सेयरधनीहरु राजरत्न इनर्जी होल्डिङ्स र मर्स्याङ्दी पावर कम्पनीबाट उक्त सेयरहरु खरिद गरेको हो ।

 

खरिद भएको सेयर कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख पनि गरिएको बुटवलले जनाएको छ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लामा २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्न लागेको छ ।

 

यस आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरी विद्युत खरिदबिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ । यो आयोजना ४ वटा चिनियाँ साझेदार कम्पनीहरुको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।

 

मनाङमा आयोजना स्थल रेहको मनाङ मर्स्याङ्दी कूल २८२ मेगावाट क्षमताको आयोजना होे। सो आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत् खरीद बिक्री प्रक्रियामा रहेकोे छ।

 

आयोजनामा चिनीयाँ साझेदारहरु एससिआइजी इन्टनरेशनल, क्याइसी इन्टनरनेशन र एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ।

हेटौँडाको बजेट एक अर्ब ८१ करोड Read Previous

हेटौँडाको बजेट एक अर्ब ८१ करोड

ऊर्जा मन्त्री पुनद्धारा ८ सय मेगावाटको दूधकोसी निर्माण गर्न चीनलाई प्रस्ताव Read Next

ऊर्जा मन्त्री पुनद्धारा ८ सय मेगावाटको दूधकोसी निर्माण गर्न चीनलाई प्रस्ताव