हेटौँडाको बजेट एक अर्ब ८१ करोड

काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

 

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ४५ करोड ८४ लाख रुपैयाँ नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताए ।

 

बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ विनियोजित गरिएको उपप्रमुख लामाले बताए । कार्यालयको सुशासनतर्फमा छ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको उपप्रमुख लामाले बताए ।

१७ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार Read Previous

१७ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

बुटवल पावरले किन्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर Read Next

बुटवल पावरले किन्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर