सिन्धुलीमा पहिलो वायु–सौर्य उर्जा प्रणालीबाट बिद्युत उत्पादन सुरू

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँमा पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट विद्युत् प्रवाह पनि सुरु भई सकेको छ । उक्त कार्यक्रममा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताए ।

 

एशियाली विकास बैंकको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजना अन्तर्गत एशियाली विकास बैंक र नेपाल सरकारले लगानी गरेको थियो । सौर्य र हावाबाट बिजुली उत्पादन गर्न यो परियोजनामा करिब एक कराेड ६२ लाख लगानी भएको छ । उक्त परियोजनाबाट दैनिक १ सय दश किलोवाट बिजुली उत्पादन भएकाे छ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ ।

दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने Read Previous

दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने

आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र Read Next

आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र