‘प्लेजड’ सेयरले बजारमा नयाँ तरङ्ग, बैंकलाई ब्रोकर लाइसेन्स दिने बेला आएको हो ?
चाणक्य पोष्ट
प्रकाशित : 4:33 pm, सोमबार, असार २२, २०७७

काठमाडौं । मार्जिन लेन्डिङको लागि ‘प्लेजड’ गरेको सेयर बैंकले फुकुवा नगरी बेच्न नपाएका कारण मार्जिन लेन्डिङको अस्तित्व नै संकटमा पर्न थालेपछि एकपटक फेरि बैंकलाई ब्रोकर लाइसेन्स दिँदा यो समस्या समाधान हुने र अन्ततः सेयर बजार नै अहिलेको भन्दा धेरै चुस्त र चलायमान हुने विषय जोडतोडका साथ उठ्न थालेको छ ।

 

बैंकलाई ब्रोकर लाइसेन्स दिएर कारोवार गर्ने अनुमति दिँदा अहिले बैंक र ब्रोकरका बीचमा हुने ट्रान्जेक्सनको लागि केही दिन लागेर ‘प्लेजड’ सेयर बेच्न नपाइरहेको समस्या सजिलै समाधान हुने जानकारहरु बताउन थालेका छन् ।

 

‘बैंकलाई ब्रोकर लाइसेन्स दिएर काम गर्न दियो भने अहिलेको समग्र प्रक्रिया नै धेरै सहज हुन्छ । सेयर फुकुवा गर्ने इत्यादि प्रक्रिया तुरुन्तै हुन्छ । बैंकलाई बाहिरका अन्य ब्रोकरभन्दा त आफ्नै सहायक कम्पनी प्रति बढी विश्वास हुने नै भयो नि । अहिलेको समस्या भनेकै प्लेजड सेयर कारोबारको जोखिम बहन कसले गर्ने भन्ने हो । आफ्नै सहायक कम्पनीमार्फत कारोबार गर्ने भएपछि बैंकले यो जोखिम बहन गर्न समस्या हुँदैन,’ सिभिल बैंकका नायब कार्यकारी अधिकृत सुनिल पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

‘नेपालमा ब्रोकरहरुको आकार, संरचना र पूँजी अत्यन्तै सानो भएका कारण अहिलेको समस्या समाधान लगायत पूँजी बजारको दीर्घकालीन विकासको लागि बैंकलाई लाइसेन्स दिनुको विकल्प छैन ।’

 

उता ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाट भने बैंकले ब्रोकर लाइसेन्स पाए पनि आफैं नभएर सहायक कम्पनीमार्फत काम गर्ने हुनाले अहिलेको समस्या समाधानका लागि बैंकलाई ब्रोकर लाइसेन्स उपयुक्त नभएको बताउँछन् ।

 

‘बैंकले पनि आफैं कारोबार गर्ने होइन, सहायक कम्पनीमार्फत गर्ने हो । त्यसैले अहिलेको व्यवस्था अन्तर्गत प्रक्रिया एउटै हो । त्यसैले अहिलेको समस्या समाधानको लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुभन्दा पनि लगानीकर्ता र नियामक बसेर व्यवस्थामा सुधार ल्याउने प्रयास गर्नेतर्फ जानुपर्छ,’ रानाभाटले भने ।

 

तर, बैंकले ब्रोकर लाइसेन्स पाए अहिलेको समस्या समाधानका अलावा समग्र बजारको विकासमै धेरै मद्दत पुग्ने सिभिल बैंकका नायब कार्यकारी पोखरेलको दाबी छ । ‘बैंकले लाइसेन्स पाउँदा लगानीकर्ताहरु माझ पनि आत्मविश्वास बढ्नेछ । गैर आवासीय नेपाली अझ भनौ विदेशी लगानीकर्ता सेयर बजारमा भित्र्याउने हो भने उनीहरुको पनि विश्वास जित्न सहज हुन्छ । र, सहायक कम्पनीमार्फत गर्ने भए पनि कुनै प्रणाली बनाएर बैंकका हरेक शाखा कार्यालयबाट सेयर कारोबार गराउन सकिन्छ । यसले सेयर बजारमा गुणात्मक फड्को मार्न सहयोग पुर्याउँछ,’ उनले भने ।

 

रानाभाट भने मार्जिन लेन्डिङको लागि पनि ब्रोकर सक्षम रहेको हुँदा बैंक यो काममा आउनुपर्ने कुनै कारण देख्दैनन् । यदि ब्रोकरले मार्जिन लेन्डिङ शुरु गर्ने हो भने अहिलेको प्लेजड सेयर बेच्ने समस्या पनि आफैं हल हुने उनको दाबी छ ।

 

यस्तो अवस्थामा हामीले मार्जिन लेन्डिङमा प्रतिस्पर्धा गर्न सक्ने संभावना छैन । हामीलाई ५० प्रतिशतको सीमा छ भने बैंकहरुलाई ६५ प्रतिशतको सीमा छ । यसो हुँदा लगानीकर्ताहरु हामीकहाँ आउने संभावना ज्यादै कम हुन्छ ।तर, हामीले यो प्रवधानमा संशोधनको लागि पठाएका छौं,’ एक ब्रोकरले भने ।

 

तर, नेपालका ब्रोकरहरु पूँजीगत र संरचनागत हिसाबले निकै साना तथा कमजोर रहेका हुनाले मार्जिन लेन्डिङ लगायत अन्य वित्तीय सेवाहरु प्रदान गर्नका लागि उपयुक्त छैनन् । हाल १० वटा ब्रोकरहरुले मार्जिन लेन्डिङको लागि आवेदन दिएका छन् । उनीहरुको औसत चुक्ता पूँजी करिब १० करोड रुपैयाँ हाराहारी छ ।

 

उनीहरुले आफ्नो पूँजीको दुई गुणा अर्थात २० करोड रुपैयाँ मार्जिन लेन्डिङ गर्न पाउँछन् । यो भनेको बैंकहरुको लगानी क्षमताको तुलनामा निकै कम हो । साथै, बैंकहरुको मार्जिन लेन्डिङ सीमा ६५ प्रतिशत छ भने ब्रोकरहरुलाई ५० प्रतिशत मात्र दिइएको छ ।

 

‘यस्तो अवस्थामा हामीले मार्जिन लेन्डिङमा प्रतिस्पर्धा गर्न सक्ने संभावना छैन । हामीलाई ५० प्रतिशतको सीमा छ भने बैंकहरुलाई ६५ प्रतिशतको सीमा छ । यसो हुँदा लगानीकर्ताहरु हामीकहाँ आउने संभावना ज्यादै कम हुन्छ । तर, हामीले यो प्रवधानमा संशोधनको लागि पठाएका छौं,’ एक ब्रोकरले भने ।

 

यसको मतलब के हो भने हाल उत्पन्न भएको प्लेजड सेयर बेच्ने समस्या समाधानका लागि कि त बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्यो वा ब्रोकरहरुले बैंकहरुकै तुलनामा मार्जिन लेन्डिङको काम गर्न सक्नुपर्यो ।

 

‘बैंकले सेयर कारोबार गर्ने लाइसेन्स मागेको हो, सेयर डिलरको लाइसेन्स होइन । अहिले बैंकहरुले बैंकिङ क्षेत्रको सेयर किन्न नपाउने व्यवस्था छ । गैर बैंकिङ क्षेत्रको सेयर किन्न हामीले अहिले पनि पाइरेहकै छौं । यो व्यवस्थाले नै बैंकहरुलाई त्यो खाले कारोबार गर्न रोकिहाल्छ ।

 

‘नेपालमा ब्रोकरहरुको आकार, संरचना र पूँजी अत्यन्तै सानो भएका कारण अहिलेको समस्या समाधान लगायत पूँजी बजारको दीर्घकालीन विकासको लागि बैंकलाई लाइसेन्स दिनुको विकल्प छैन,’ एक लगानीकर्ता भन्छन् ‘अझ मेरो विचारमा बैंकलाई सहायक कम्पनी पनि नखोली सोझै सेयर कारोवार गर्ने लाइसेन्स दिए हुन्छ ।’

 

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुकै बाहुल्यता रहेका कारण उनीहरुलाई सेयर करोबारको लाइसेन्स दिनु नहुने तर्क पनि छ । तर, यस्तो तर्कमा सुनिल पोखरेल खासै दम देख्दैनन् ।

 

‘बैंकले सेयर कारोबार गर्ने लाइसेन्स मागेको हो, सेयर डिलरको लाइसेन्स होइन । अहिले बैंकहरुले बैंकिङ क्षेत्रको सेयर किन्न नपाउने व्यवस्था छ । गैर बैंकिङ क्षेत्रको सेयर किन्न हामीले अहिले पनि पाइरेहकै छौं । यो व्यवस्थाले नै बैंकहरुलाई त्यो खाले कारोबार गर्न रोकिहाल्छ । अनि एकपटक फेरि भनौं हामी सेयर कारोबार गर्ने लाइसेन्सको कुरा गर्दैछौं, सेयर डिलरसिपको लाइसेन्स त होइन नि,’ पोखरेलले भने ।

 

यो पनि पढ्नुहोस् : छातिमा बसेको लामखुट्टे भगाउन छातिमै गोली ठोक्ने नेप्सेको नीति, यस्तो छ बजार बढ्नुको भित्री रहस्य

 

यो पनि पढ्नुहोस् : नेप्सेको नयाँ नीति, जसले मार्जिन लेन्डिङको औचित्य सकिँदै