काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । आइतबार करिब १० अकंले बढेको सेयर बजार आज दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उतरचढाव देखिएको बजार अन्त्यमा ३३ अकंले बढेर बन्द भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ३३.२७ अंकले बढेर १२९८.७३ विन्दुमा पुगेको छ । आज १७६ कम्पनीको ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । २७ लाख ३१ हजार ४९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये सामूहिक लगानी कोष समूह बाहेक अन्यसबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमासमूहको परिसूचक२७४.४ अंकले बढेको छ भने सामूहिक लगानी कोषको समूहको ०.०६ अंकले घटेको छ । बैकिङ समूह २१.२९अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको संस्थापक सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
आज आधा दर्जनभन्दा बढी कम्पनीको मूल्यमा सर्किट लागेको छ । ग्लोबल आइएमइ लघुवित्त, नेपाल पुनर्बीमा लगायत आधा दर्जन कम्पनीकोे सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज राधी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।यसको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।