काठमाडौंमा ५४ सहित थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ५४ सहित देशका विभिन्न जिल्लामा थप १८० जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप २६४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ६ हजार ८११ जना घर फर्केका छन् ।

 

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्युहुनेको संख्या ३५जनाको पुगेको छ ।

‘प्लेजड’ सेयरले बजारमा नयाँ तरङ्ग, बैंकलाई ब्रोकर लाइसेन्स दिने बेला आएको हो ? Read Previous

‘प्लेजड’ सेयरले बजारमा नयाँ तरङ्ग, बैंकलाई ब्रोकर लाइसेन्स दिने बेला आएको हो ?

सनराइज बैंक र रोयलबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने Read Next

सनराइज बैंक र रोयलबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने