काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा बुधबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न भएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको ५ प्रतिशत नगद लाभांश (कर सहित) पारित गरेको छ ।
बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७०० रुपैयाँ छ । सभाले गत आवको वित्तीय प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब लगायत प्रतिवेदन पारित गरेको छ ।
बैंकले गत आव २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको थियो ।