सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड पाएको छ । द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२४ का लागि बैंकलाइ सो अवार्ड प्रदान गरेको हो।

बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड ग्रहण गरे ।

द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एक एक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको हो ।

नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपूर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको बैंकको दाबी छ ।

‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ ।

प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित Read Previous

प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा Read Next

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा